२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवक्ताको काम प्रभावकारी बनाउन छलफल

अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ताको काम प्रभावकारी बनाउनेबारे छलफल थालिएको छ ।

प्रवक्ताको काम प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव तथा प्रवक्ता विनोदबहादुर कुँवरको संयोजकत्वमा प्रवक्ताहरूको बैठक बसेको हो, जसमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको समेत उपस्थिति थियो ।

कुँवरका अनुसार बैठकमा सरकारले सम्पादन गरेका कामहरू छिटो तथा सहजरूपमा मिडियालाई उपलब्ध गराउन, मन्त्रालयसँग सम्बन्धित विषय (मिडियाले खोज, अध्ययन तथा अनुसन्धान गरेर लेखेका समाचारहरूबारे)को जवाफ दिन, मन्त्रालय तथा अन्तर्गतका निकायहरूबारे सुनिएका भ्रमबारे नागरिकलाई सत्यतथ्य जानकारी गराउन प्रवक्ताले नेतृत्व लिनुपर्ने निश्कर्ष निकालिएको थियो ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा नागरिकले राखेका समस्याहरूको सम्बन्धित मन्त्रालयका प्रवक्ताले जवाफ दिने र समस्या समाधान गर्ने जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालिएको उनले बताए ।

उनका अनुसार अब प्रवक्ताहरूको नियमित बैठक बस्नेछ । जसमा आ-आफ्नो मन्त्रालयमा देखिएका समस्याहरूबारे छलफल गरिने र सरकारका सेवाहरू नागरिकसम्म सहज र प्रभावकारीरूपमा पु¥याउनेतर्फ केन्द्रित रहनेछ ।

प्रवक्ताहरूले कसका लागि बोल्ने र कुन माध्यम प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल भएको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए ।

‘सरकारको इमेजलाई ‘इन्हान्स’ गर्ने गरी कसरी सूचना प्रवाह गर्न सकिन्छ भन्नेबारे प्रवक्ताहरूले आफ्नो धारणा राख्नुभयो, मैले पनि केही कुरा राखे,’ छलफल भएको कुराबारे प्रेस सल्लाहकार अर्यालले भने ।

मिडिया नभईकन पब्लिक कम्युनिकेसन सम्भव नहुने भएकाले प्रत्यक्ष र अप्रत्यक्ष संवादमा सक्रिय रहनुपर्ने प्रेस सल्लाहकार अर्यालको भनाइ छ ।

‘मिडियाले हरेक प्रवक्तालाई नै सरकार भनेर चिनिरहेको हुन्छ । त्यसले हामीले मिडियालाई इग्नोर गर्नुहुँदैन, सूचना दिनुपर्छ । हामीले केही कुरा भन्न सकेनौं भने आम नागरिकमा भ्रम उत्पन्न हुन्छ,’ अर्यालले भने ।

छलफलमा प्रवक्ताहरूको कार्यविधि नयाँ बनाउनेबारे पनि कुरा उठेको अर्यालले जानकारी दिए । अहिलेको कार्यविधि २०६१ सालमा बनाइएको हो ।