२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याउलामा ‘एक घर एक धारा’

अ+ अ-

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकाको विकट गाउँमा कादुरी संस्थाले १३० घरमा धारा जडान गरिदिएको छ ।

खानेपानी अभाव भएको गाउँपालिकाको वडा नं. १ को स्याउला गाउँमा संस्थाले घरघरमा खानेपानीको धारा उपलब्ध गराएको हो । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिस गोर्खाज् नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खानेपानी आयोजना सम्पन्न भएपछि पानी भर्नकै लागि लाग्ने समय बचत भएको स्थानीय उपभोक्ताको भनाइ छ । “पानी भर्नकै लागि घण्टौँ समय लाग्दथ्यो”, स्थानीय उपभोक्ता कुमार विक भन्छन्, “घरमै खानेपानीको धारा आउला भनेर कल्पनासमेत गरेको थिइन ।”

कादुरीको रु ४९ लाख ७५ हजार २०० र स्थानीय उपभोक्ताको रु १४ लाख ६६ हजार ३०० बराबरको जनश्रमदान गरी कूल ६४ लाख ४१ हजार ५०० लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको स्याउला खानेपानी आयोजनाका अध्यक्ष दलप्रसाद पुनले बताए । गाउँदेखि डेढ किलोमिटर टाढा सेम्बाङ खोलाको मुहानबाट पानी ल्याएर मिटरसहितको ‘एक घर एक धारा’ जडान गरिएको खानेपानी आयोजनाले जनाएको छ । “स्याउला गाउँमा लामो समयदेखि खानेपानीको चरम समस्या थियो”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, “कादुरीको सहयोगमा बनेका एक घर एक धाराबाहेक स्याउला गाउँको तल्लो भेगमा उस्तै किसिमको धारा बनाउन गाउँपालिकाले तीन लाख बजेट विनियोजन गरेको छ ।”

अहिले स्याउला गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका हुन् । आयोजनाका १२२ धारामा मिटर जडान गरिएको छ । सार्वजनिक धारामा मिटर जडान गरिएको छैन ।