प्रहरी नायव निरीक्षक माथि विशेष अदालतमा मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रहरी नायव निरीक्षक माथि विशेष अदालतमा मुद्दा


११ कार्तिक २०७५, आइतबार


काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रहेका एक प्रहरी नायव निरीक्षकमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्शालमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक रामबहादुर सिंह भण्डारी क्षेत्रीमाथि विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

भण्डारीले नक्कली प्रमाण पेश गरी सरकारी सेवामा बहाल रहेको भन्ने उजुरीका आधारमा अख्तियारले छानविन गर्दा निजको प्रमाणपत्र भारतबाट बनाएको नक्कली भएको ठहरिएपछि उनीमाथि मुद्धा दायर गरिएको हो ।

निजको माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारत अन्तर्गत सर्बोदय उच्च माध्यमिक स्कुल नवाडा बस्तिबाट प्राप्त गरेको आई.ए. शैक्षिक प्रमाण पत्र नक्कली ठहरिएकोले नक्कली प्रमाण्पत्र पेश गरी सरकारी लाभ लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नीजलार्ई भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)  बमोजिम सजाय हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस