प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, शुक्रबार स्थगित बैठक आज तीन बजे बस्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, शुक्रबार स्थगित बैठक आज तीन बजे बस्ने


११ कार्तिक २०७५, आइतबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोका कारण बिगत दुई दिन देखि नियमित भेटघाट र बैठकबाट टाढा रही आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै उनको स्वास्थ्यमा सुधार आएकाले उनी आजको मन्त्रीपरिषद बैठकमा उपस्थित हुने जनाएका छन् ।

प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार बैठक स्थगित गरिएको थियो । बैठक आज अपरान्ह तीन बजे बालुवाटारमा बस्ने भनिएको छ ।

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपाको आयोजनामा शनिबार भएको चियापान समारोहमा पनि उपस्थित भएनन् ।

स्वास्थ्यमा पूर्ण सुधार आएपछि उनी सार्वजनिक कार्यमा पनि सहभागि हुने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस