२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोरपाटी–सुन्दरीजल सडक मर्मत

अ+ अ-

काठमाडौं । जोरपाटी-सुन्दरीजल सडक मर्मत भएको छ । सडक बिस्तारका लागि टेण्डर भइसकेको छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जाविना भत्काउन नदिने भनी विरोध गरेपछि बिस्तारको काम हुन सकेको छैन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र सडक बिस्तार गर्नु भनी गत वर्ष असोजमा फैसला गरेपछि उपत्यकामा बिस्तार भइरहेका सडकको काम अघि बढ्न सकेको छैन ।

बिस्तारको काम अघि नबढ्दा यो सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । पानी परेर सडकमा पोखरी बनेको तस्वीर राससबाट असोज २० गते शनिबार सार्वजनिक भएको थियो । मर्मत गर्न नगरपालिका लगायत निकायको दबाब बढेपछि सडक विभागले नै काम शुरु गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा पानी प्रशोधन केन्द्रलगायत संरचना निर्माणका लागि सामग्री लैजानसमेत यही सडक प्रयोग हुन्छ । यसैले यो सडकको समस्या सडक विभागमा लिएर जाँदा मेलम्चीलाई जिम्मा लगाएको छ भन्ने जवाफ पाइने गरेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । “मेलम्ची आयोजनाका अधिकारीसँग कुरा गर्न जाँदा काठमाडौं उपत्यका सडक बिस्तार आयोजनालाई जिम्मा लगाएका छौँ भन्छन्, बिस्तारका लागि टेण्डर भइसकेको सडक मर्मतका लागि नगरपालिकाले मात्र रु पाँच लाखभन्दा बढी खर्च गरिसकेको छ”, उनले भने ।

मेलम्ची आयोजनाले मर्मत गरेर सडक बिस्तार आयोजनालाई हस्तान्तरण गरेको भन्ने जवाफ दिने गरेको नगरपालिकाले जनाएको छ । अहिले पनि मेलम्ची आयोजनाले राति १० बजेपछि ‘हेभी लोड’ का सवारीमा सामान लिएर सुन्दरीजल जाने गरेका छन् ।

आयोजनाले मर्मतका लागि पटकपटक गरेको अनुरोध नमानेकाले दशैँपछि सामान रोक्ने तयारी गरेको स्थानीयवासीको भनाइ छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त भने आयोजनाले नै सडक मर्मत गर्नुपर्छ भन्ने कुनै लिखित दस्तावेज नरहेको बताउँछन् । “सुरुङको अन्तिम बिन्दु जान दोबाटोचोकबाट महाँकालसम्म निर्माण गरेको १ दशमलव ६ किमी सडकको मर्मत आयोजनाले गर्छ सिन्धुपाल्चोकमा आयोजनाले नै निर्माण गरेको प्रवेश मार्गको मर्मत पनि आयोजनाले गर्छ”, उनले भने ।

एक महीनामै आयोजनाका धेरै काम सकिने भएकाले पनि मर्मत गर्न नसकिने प्रवक्ता पन्तले बताए । यसका लागि आयोजनासँग बजेट समेत नरहेको जनाइएको छ । विभागका प्रवक्ता मुक्ति गौतम भने अदालतको अन्तरिम आदेशका कारण बिस्तार गर्न नसकिएकाले मर्मत शुरु गरिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस