काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बसमा सवार रहेकाको खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







