२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँ दशा बनेर आएको छ, घर छैन, कहाँ मान्ने दशैँ  ?

अ+ अ-

बागलुङ । यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने ? दुःखी हुँदै उनले भनिन्, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने ?” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्लो छैनन् ।

काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । गत असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन् । १३ दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन् । इन्द्रबहादुर परियारले यसपालि दशैँमा आफ्नो आँगन, दैलो टेक्न पाउने हुने छैन ।

दुबईबाट दशैँमा घर आउन लाग्नुभएका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन् । “घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ” सुमित्राले दुःखेसो पोख्नुभयो । १६ महीने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उनी अहिले विस्थापनका कष्टपूर्ण दिन काटी रहेका छन् ।

विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन् । घरगोठ, खेती गर्नलाई भएको सानो जमीन पनि खण्डमा परिणत भएको छ । ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई रु दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताए ।

सत्तरी वर्षीया श्रीमती बिजुला परियारको साथमा उनी पनि छिमेकीको घरमा भाडामा बस्छन् । “महीनाको रु एक हजारमा बसेका छौँ”, उनले भने, “सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ ।” महीनौँ बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पुनःस्थापनाको लागि पहल अघि बढे पनि ठोस काम हुन सकेको छैन ।

घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन् । “बिहान, बेलुकाको छाक टार्नै धौ–धौको अवस्था छ” विस्थापित हीराकुमारी पुनले भने, “राहत र पुनःस्थापनाको लागि आश्वासन मात्र आउँछ ।” सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौँ भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ ।

“आशैआशमा यत्रो महीना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ” विस्थापित बसिमाया परियारले भने । वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गरे । विस्थापित परिवारको लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको उनको भनाइ छ ।

सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको जनाइएको छ । चौध घर बनाउन करीब रु २५ लाख मूल्य बराबरको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । जग्गा खरीदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान थालेको छ । उक्त अभियानबाट हालसम्म रु चार लाख उठेको जनाइएको छ ।

अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम शुरु भएको वडाध्यक्ष कँडेलले बताए । गुल्मी समाज जापानबाट पनि रु एक लाख २० हजार राहत जुटेको छ । उक्त रकम दशैँ खर्चस्वरुप विस्थापित परिवारलाई सोमबार वितरण गरिएको थियो । तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन ।

दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो । गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताए । “सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ” उनले भने, “जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।”

जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमीन धसिदा लोकमार्ग पनि जोखिममा छ ।

भू–गर्भविद्को टोलीले पनि स्थलगत अवलोकन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेको थियो । जमीन भासिन थालेपछि पहिरोको डरले गाउँले बेलैमा सुरक्षित ठाउँतिर लागेका कारण त्यतिबेला कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया दिनुहोस