काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौंको उत्तर वितरण केन्द्र बुढानिलकण्ठमा कार्यरत एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् । इलेक्ट्रिक (तेस्रो) तहका कर्मचारी कृष्णप्रसाद शर्माले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको आरोपमा खख्तियारले पक्राउ गरेको हो ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्कालबाट खटिएको टोलीले उनको कार्यालय अगाडिको चिया पसलबाट २० हजार घुस रकम सहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।







