दुई उपसचिव पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दुई उपसचिव पक्राउ


११ आश्विन २०७५, बिहिबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई उप सचिवलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत उपसचिव धर्मराज रोकाया र गंगाधर पौडेल छन् ।

७० करोड रूपैयाँ बराबरको इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणमा मुछिएका उपसचिवद्वयलाई बबरमहल क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उनीहरुको मिलेमतोमा भारतीय नागरिक राम निरञ्जन जटियाको शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि. नामक कम्पनी रामेछापका जीतबहादुर मगरको नाममा नामसारी गरेको पाइएपछि उनीहरु फरार रहेका थिए ।

प्रकरणमा संलग्न अन्य ४ जना कर्मचारी यसअघि नै पक्राउ परेका थिए । सहायक रजिष्टार नारायणप्रसाद पोखरेल, उमेशमान जोशी, आईटी शाखामा करारमा कार्यरत् आशिष महर्जन र पुष्पकला राई पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस