२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोपाङ भीरमा पहिरो हटाउने काम शुरु

अ+ अ-

रसुवा । धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ ।

रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु राजमार्गको अवरोध हटाउन डिभिजन सडक कार्यालयका दुई डोजर तथा लोडर प्रयोग गरिएको र आजै मङ्गलबार साँझसम्म मौसमले साथ दिए सडकको ट्र्याक खोल्ने लक्ष्य लिइएको छ ।

सडक खु्लाउने काममा डोजर तथा लोडरका अप्रेटर निमा लामा र राजेश दाहाल संलग्न भएको र पैदलमार्गीको सुरक्षा संयन्त्र अपनाउन पहिरो स्थलमा सुरक्षाकर्मी बिहानैदेखि परिचालन गराइसकिएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

चीनबाट आयात भएका सामाग्री बोकेका करीब ५०० ट्रक तथा कन्टेनर काठमाडौं प्रस्थानका लागि तयारी रहेको अवस्थामा अवरुद्ध सडक छिटो सञ्चालन गर्न स्थानीय प्रशासनले स्थलगत निरीक्षण गरिसकेको प्रजिअ पौडेलले बताए। मानिस आवातजावत गर्न समेत मुश्किल अवस्था रहेको प्रहरीले जनाएको छ ।

यस्तै बढी घनाबस्ती भएको जिबजिबे क्षेत्रमा जाने धोबीखोला सडक पहिरोले अवरुद्ध हुँदा अहिले त्यस क्षेत्र सर्वसाधारण प्राङसे क्षेत्रबाट हिँड्न थालेका छन् । बर्खायामसँगै आएको पहिरोमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेपछि धैबुङको कालिकास्थानभन्दा पूर्वी ज्याङलाङ, जिबजिबे गैरीगाउँ, खाल्चेत गाउँका वासिन्दा प्रभावित भएको समाजसेवी विष्णुप्रसाद पौडेलले बताए । स्याफ्रु गत्लाङ सोमदाङतर्फको सडक भने साञ्जेन जलविद्युत् आयोजनाले सञ्चालनमा ल्याइसकेको छ । रासस