केलाली । बीओपी भन्सार कार्यालय कैलालीले लाखौं मुल्य बराबरका अवैध सामान बरामद गरेको छ ।
राति १२ बजे धनगढी उपमहानगरपालिका – २ मोहनाघाट इलाकाबाट भन्सार छलीका अवैध समान आइरहेको सूचना पाएपछि प्रहरी टोलीले ४ लाख मुल्य बराबरको रेडिमेड साथै थान कपडाहरु नियन्त्रणमा लिएकोे प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानहरु भन्सार कार्यालय कैलालीलाई बुभाइएको प्रहरीले जनाएको छ ।