बाजेको सेकुवामा शिलबन्दी तोडियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाजेको सेकुवामा शिलबन्दी तोडियो


१८ भाद्र २०७५, सोमबार


काठमाडौं । बाजेको सेकुवाको शिलबन्दी तोडिएको छ । काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सेकुवाका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि जेठ ३० मा शिलबन्दी गरिएको थियो।

त्यसपछि व्यक्तिगत मुद्दाका कारण कर्मचारीलाई समस्या परेको भन्दै कर्मचारीहरुले विरोध गर्दै आएका थिए । शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

सर्वोच्च अदालतले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा सोमबार शिलबन्दी तोडिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस