काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणका क्रममा बाटो बिराई हराएका ललितपुर महानगरपालिका-१, झम्सीखेल निवासी एक पुरुषको सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाको चन्दननाथ गण, नेपाल प्रहरी र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयको संयुक्त टोलीले असार २१ गते खोजी अभियान सञ्चालन गरी ती पुरुषको सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई परिवारको जिम्मा लगाइएको छ।







