२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागको सक्रियता: एकै दिन नौ जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ । विभागका अनुसार यही असार  ३ गते मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन् ।

पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने नौ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसै गरी, नौ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्रलगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई ५ वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । त्यसै गरी, राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ । उक्त शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा समेत प्रदान गरेको छ ।

गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’मार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको तत्काल समाधान गरिएको छ । यस्तै, विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका छन् भने अन्य प्रक्रियामा रहेका छन् ।

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएपमार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ । त्यसै क्रममा आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ ।

0 Comments