२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागरिक चौतारी’ : सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म

अ+ अ-

काठमाडौँ । देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोडन सरकारले डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त डिजिटल प्लेटर्फमको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री वालेन्द्र शाहकी स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिइन् । उनकाअनुसार उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँगै सरकारका योजना, नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्‍याउने माध्यम बन्नेछ ।  

नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, दुईतर्फी छलफल र व्यवहारिक समाधानका उपाय पनि सिधै सरकारसमक्ष पेश गर्न सक्नेछ । नागरिक चौतारीमार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव उपलब्ध गराउन सक्छन् भने सरकारले आम जनताको प्रत्यक्ष सहयोग र अपनत्व बढाउने विश्वास गरिएको  छ ।  

“यस डिजिटल प्लेटफर्मबाट सरकारले देश विकासका लागि योगदान दिन चाहने प्रतिभा वान र मिहिनेत स्वयंसेवकको खोजी पनि गर्न सक्छ । देशभित्र वा बाहिर रहेका नेपाली नागरिकले यस प्लेटफर्ममार्फत देश विकासका लागि आफ्नो विज्ञता योगदान गर्न सक्नुहुनेछ”, स्वकीय उपसचिव ढकालले भनिन् । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले नागरिक चौतारी जनताले खोजेको सुशासनको बलियो माध्यम बन्ने र यसले सरकारी नीति तथा अभ्यासलाई थप नागरिकमैत्री एवं नतिजामुखी बनाउने विश्वास व्यक्त गरे । सार्वजनिक सेवा प्रवाह र सहभागितामूलक विकासको लागि उक्त माध्यम पारदर्शी हुने उनको भनाइ छ । 

हरेक नागरिकले सरल र सहजै रूपमा प्रयोग गर्न सक्ने गरी तयार भइरहेको नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोडिने तयारी रहेको उनले जानकारी दिए ।

0 Comments