२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनसम्बन्धी कानुन परिमार्जनको प्रक्रिया अघि बढ्यो, लैंगिक हिंसाविरुद्ध एकीकृत कानुन ल्याइने

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विद्यमान कानुन संशोधनको प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिएकी छन् ।

प्रतिनिधि सभामा मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वादीले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी संरचनालाई समयानुकूल बनाउने उद्देश्यले ऐन संशोधनको काम अघि बढाइएको बताइन् ।

उनले आगामी आर्थिक वर्षमा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा शोषणलाई समेट्ने गरी छुट्टै एकीकृत कानुन निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिइन् । संविधानले सुनिश्चित गरेको समानता र संरक्षणको अधिकारलाई कार्यान्वयनमा लैजान धार्मिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै आधारमा हुने शारीरिक, मानसिक, यौनजन्य तथा मनोवैज्ञानिक हिंसालाई दण्डनीय बनाउने व्यवस्था प्रस्तावित कानुनमा समेटिने उनले बताइन् ।

मन्त्री वादीका अनुसार पीडितलाई न्यायसँगै क्षतिपूर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गर्ने विषयलाई पनि नयाँ कानुनी व्यवस्थामा प्राथमिकता दिइनेछ ।

लैंगिक हिंसा निवारण तथा प्रतिकार्यका लागि सेवा पहुँच विस्तार गर्ने कार्यक्रम पनि आगामी वर्ष सञ्चालन गरिने उनले जानकारी दिइन् । विश्व बैंकको अनुदान सहयोगमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले १२ वटा स्थानीय तहमा एकीकृत तथा बहुपक्षीय सेवा पहुँच कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

उक्त कार्यक्रममार्फत हिंसा प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग, परामर्श र संस्थागत सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री वादीले महिला हिंसा न्यूनीकरणका लागि कानुनी सुधारसँगै जनचेतना अभिवृद्धिलाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै रोकथाममुखी कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको बताइन् ।

0 Comments