सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक (भिडियो) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक (भिडियो)


२२ श्रावण २०७५, मंगलबार


काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीजसम्बन्धी ‘यतै घमाइलो उतै घमाइलो’ गीति भिडियो बजारमा आएको छ ।

चलचित्र पत्रकार संघका उपाध्यक्षसमेत रहेकी अधिकारीको शब्द तथा गायिका सारीका घिमिरेको आवाज रहेको उक्त गीति भिडियोको पूर्वसभामुख ओनसरी घर्तीमगरले सोमबार विमोचन गरेकी हुन् । विमोचनपछि उनले सामाजिक विकृतिको अन्त्य गरी महिला सशक्तीकरणका लागि तीज पर्व एउटा महत्वपूर्ण अवसर भएको बताए ।

मुलुकको विकास निर्माणमा महिलाले धेरै योगदान दिन सक्छन् भन्ने सन्देश रहेको उक्त भिडियोमा भुवन चन्द, चैत्यदेवी, वसुन्धरा भुसाललगायत कलाकारले अभिनय गगरे। दीपक शर्माको संगीत रहेको गीति भिडियोलाई वीरेन्द्र भाटले छायाङ्कन गरेका हुन् ।रासस

प्रतिक्रिया दिनुहोस