काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विषयमा सरकारसँग लिखित स्पष्टीकरण माग गरेको छ ।
प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल को इजलासले पक्राउको आधार र कारण पेश गर्न आदेश दिएको हो ।
इजलासले यस प्रकरणसँग सम्बन्धित अनुसन्धान फाइलसमेत पेश गर्न महान्यायाधिवक्ताको कार्यालय लाई निर्देशन दिएको जनाएको छ ।
प्रसाईँलाई प्रहरीले सोमबार वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो । उनी त्यहाँ आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका थिए ।







