२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर

अ+ अ-

काठमाडौं । नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ ।

मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री थापा समाज कल्याण परिषद्का अध्यक्ष समेत हुन् ।

सो अवसरमा मन्त्री थापाले उक्त समझदारीबाट दुबै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको सदियौं पुरानो सम्बन्धलाई जनस्तरमा पश्वर्दन गर्नुपर्नेमा जोड दिए । उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गए ।

यसैबीच चीन सरकारले काठमाडौं महानगरपालिकालाई सडक सफा गर्न दुईवटा ग्लुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिए । रासस