२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

अ+ अ-

काठमाडौँ । कर्मचारीहरूको सामाजिक सुरक्षालाई थप व्यवस्थित र संस्थागत बनाउनका लागि नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गत स्थापित उक्त कोष र बैंकबीच कर्मचारीहरूको योगदानमा आधारित तथा अन्य अवकाश सम्बन्धी कोष व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारी गरिएको हो।

सम्झौतामा कोषका तर्फबाट निर्देशक नवराज खड्का र बैंकका मानव संसाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब बैंकका कर्मचारीहरूको उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषसम्बन्धी व्यवस्थापन नागरिक लगानी कोषमार्फत सञ्चालन हुनेछ। यसअन्तर्गत प्रत्येक कर्मचारीको व्यक्तिगत विवरण तथा खाता अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराइनेछ।

बैंकले मासिक तथा वार्षिक रूपमा कट्टा गर्ने योगदान रकमका आधारमा कोषले सम्बन्धित कर्मचारीहरूको खाता अद्यावधिक गर्ने व्यवस्था मिलाउनेछ। साथै, सेवा निवृत्त कर्मचारीहरूलाई अवकाश रकम भुक्तानी गर्न बैंकको सिफारिसअनुसार कोषले आवश्यक प्रक्रिया पूरा गर्नेछ।

कोषमा जम्मा भएको रकममा प्रचलित ऐन, नियम, विनियम तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल तथा अन्य सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ। सेवा निवृत्त कर्मचारीहरूको भुक्तानी गर्दा लागू हुने कर कट्टा गरी रकम उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख छ।

सम्झौता कार्यान्वयनका लागि बैंकले आफ्ना कर्मचारीहरूको विस्तृत विवरण कोषलाई उपलब्ध गराउने तथा नियमित रूपमा कोष कट्टी रकम सम्बन्धित खातामा जम्मा गर्ने जिम्मेवारी लिएको छ। सेवा निवृत्त कर्मचारीहरूको अवकाश भुक्तानीका लागि आवश्यक सिफारिस गर्ने कार्य पनि बैंकले गर्ने सहमति भएको छ।

0 Comments