काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेश सह-महामन्त्री पदमा राजबहादुर शाह र अविसरा सुवेदीलाई नियुक्त गरेको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले सोमबार शाह र सुवेदीलाई सह-महामन्त्रीका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै कर्णाली प्रदेशमा पार्टी संगठनात्मक संरचना थप सुदृढ बनाउने उद्देश्य लिइएको जनाइएको छ।
बैठकले केन्द्रीय विभागअन्तर्गतका विभिन्न जिम्मेवारीहरूमा समेत नयाँ मनोनयन गरेको पार्टी स्रोतले जनाएको छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी दिइएको छ।







