२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भू-गोल र सडक संरचनाको कमजोरीले दुर्घटना बढेको आईजीपी कार्कीको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशको भौगोलिक जटिलता र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटनाको जोखिम निरन्तर बढ्दै गएको बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जटिल भू–गोलसँगै इन्जिनियरिङ मापदण्ड नपुगेका तथा जथाभाबी निर्माण गरिएका सडक संरचनाले दुर्घटनाको सम्भावना बढाएको स्पष्ट पारे।

आईजीपी कार्कीका अनुसार सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै चिन्ताजनक बन्दै गएको छ। उनले दैनिक औसतमा करिब आठ जनासम्मको ज्यान जाने अवस्था सिर्जना हुनु गम्भीर राष्ट्रिय समस्याका रूपमा देखा परेको उल्लेख गरे।

उनले स्थानीय तहदेखि विभिन्न निकायसम्मको समन्वयबिना बनाइएका ग्रामीण सडकहरू, ‘डोजर क्रान्ति’का नाममा जथाभाबी खोलिएका बाटाहरू र कमजोर प्राविधिक मापदण्डले दुर्घटनामा योगदान पुर्‍याइरहेको बताए। यस्ता संरचनालाई इन्जिनियरिङ दृष्टिकोणबाट पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

कार्कीले जलवायु परिवर्तनका कारण उत्पन्न बाढी र पहिरो जस्ता विपद्ले पनि सडक सुरक्षा चुनौती बढाएको उल्लेख गर्दै विकास निर्माणका मोडेलबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।

उनका अनुसार सवारी दुर्घटना राज्य, यातायात व्यवसायी, श्रमिक संगठन तथा आम नागरिक सबैको साझा सरोकारको विषय भएकाले यसको न्यूनीकरणका लागि सामूहिक जिम्मेवारी आवश्यक छ।

महानिरीक्षक कार्कीले पछिल्ला वर्षहरूमा मौसम परिवर्तन र जलवायु असरका कारण नेपालसहित विश्वभर दुर्घटनाको दर बढ्दै गएको उल्लेख गर्दै भविष्यमा यस्ता घटना न्यूनिकरण गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए।

विशेष गरी चाडपर्वका समयमा हुने ठूला दुर्घटनाले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै मुलुकलाई आर्थिक रूपमा समेत गम्भीर असर पार्ने गरेको उनले स्मरण गराए।

0 Comments