२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनका चुनौती समाधान गर्ने नीति आवश्यक’ : वन मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री गीता चौधरीले अब बन्ने जलवायु परिवर्तन नीति यस क्षेत्रका चुनौती र समस्या समाधानका लागि मार्गचित्र बन्नुपर्नेमा जोड दिएकी छन्

मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले उक्त नीति वैज्ञानिक, व्यवहारिक, समावेशी र कार्यान्वयनयोग्य बनाउन सुझावका लागि सबैको सक्रिय सहभागिताको अपेक्षा गरिन्। 

मन्त्री चौधरीले जलवायु नीतिमा ग्रामीण क्षेत्रका जनताले भोग्नुपरेका जलवायुका असरलाई सम्बोधन गर्ने विषय उल्लेख गरिने बताइन् । कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भइरहेको अवस्थामा अन्तरराष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी तयारी गर्नुपर्ने उनले उल्लेख गरिन् । 

वन र प्राकृतिक स्रोतलाई जनताको आयआर्जनसँग जोड्ने गरी नीति ल्याइने बताउँदै मन्त्री चौधरीले जनताका परम्परागत सीप र अभ्यासलाई वैज्ञानिक अध्ययन र ज्ञानसँग जोड्नु जरुरी रहेको धारणा राखिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जनतालाई लाभ हुने र प्रत्यक्ष रूपमा छुने गरी जलवायु नीति तयार गरिने बताउँदै सरोकारवाला सबैका सुझाव संकलन गरिने अवगत गराए । उनले पछिल्ला समय मुलुकमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको बताउँदै यसबाट हुने आर्थिक र सामाजिक क्षति सम्बोधन गर्ने विषय पनि नीतिमा समेटिने उल्लेख गरे ।

कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका साथै जलवायुका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरूले राय सुझाव दिनुभएको थियो । हाल राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ कार्यान्वयनमा रहेकामा यस नीतिको बुँदा नम्बर १३ (ड) अनुसार हरेक पाँच वर्षमा पुनरावलोकन तथा मूल्यांकन गरिने व्यवस्था भएबमोजिम नीति कार्यान्वयनको अवस्था मुल्यांकन गरी आवश्यक समीक्षा, संशोधन एवं अद्यावधिक गर्न आवश्यक भएकाले नयाँ राष्ट्रिय जलवायु परिवर्तन नीति (२०८३) तर्जुमा अगाडि बढाइएको हो ।

0 Comments