२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरणमा छुटेकालाई सम्पर्क गर्न आग्रह

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन तथा स्थानान्तरण प्रक्रियामा समेटिन नसकेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनामा स्थानान्तरण अभियानका क्रममा छुटेका वा हालसम्म सम्पर्कमा नआएका व्यक्तिलाई आवश्यक विवरणसहित नजिकको दर्ता केन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार सहायता आवश्यक पर्ने तथा हाल सडक वा अस्थायी अवस्थामा रहेका नागरिकका लागि प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रंगशालामा व्यवस्था गरिएको छ। त्यहाँ उपस्थित भई अभिलेखीकरण प्रक्रिया पूरा गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

सरकारले वास्तविक भूमिहीन नागरिकको पहिचानका लागि डिजिटल विवरण संकलन तथा अस्थायी व्यवस्थापनका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ। उक्त केन्द्रमार्फत आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाका लागि शैक्षिक सुविधा तथा मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

मन्त्रालयले आर्थिक तथा आवासीय अवस्थाका कारण आफैँ व्यवस्थापन गर्न नसक्ने नागरिकलाई दर्ता प्रक्रियामा सहभागी भई सरकारी सेवाको लाभ लिन पनि आग्रह गरेको छ।

0 Comments