काठमाडौँ। नेपालका युवा ब्याट्सम्यान अर्जुन कुमालले एक दिवसीय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यू गर्ने भएका छन्।
आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध केहीबेरमा हुने खेलमा नेपालका युवा ब्याटिङ अर्जुनले डेब्यु गर्न लागेका हुन् ।
उनलाई कप्तान रोहित पौडेलले डेब्यु क्याप हस्तान्तरण गरे ।
अर्जुनले प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको आधारमा उनले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।







