काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
श्रमिक दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुम्वासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।







