२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हनिमुन मनाउन नभई काम गर्न आएका हौं : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै कांग्रेसले बखेडा झिकेको बताए । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं” प्रधानमन्त्री ओलीले भने, “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनप-यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले कांग्रेसलाई अपदस्थ ग-यौं । ”

प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताए । “उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । उही व्यक्ति शासनमा छ अहिले । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भने “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले काँंग्रेसलाई प्रश्न गरे, “कांग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओडेर बोलेको छ ।” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्युष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताएका छन् । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” प्रधानमन्त्री ओलीले भने, “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान गएको बताए त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उनले भने ।