काठमाडौँ। सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौँ ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
डोटीको आदर्श गाउँपालिका-२ घर भइ हाल कैलालीको गोदावरी नगरपालिका-६ लालपुरमा बस्दै आएका ३३ वर्षीय तुलाराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई लालपुरबाटै पक्राउ गरेको जनाइएको छ ।
कोलीविरुद्ध कुल एक करोड २० लाख रुपियाँ बराबरको बिगोसहित १० वटा उजुरी परेको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।







