२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

अ+ अ-

राँझा (बाँके) । नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजेड’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।

आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो ।

गत मङ्सिरदेखि चैत ८ गतेसम्म जलेर नष्ट भएका १३ हजार ४०९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीले जानकारी दिए ।

“जेनजेड आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रूपमा सेवा प्रवाह गरिरहेका छौँ,” उनले भने, “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छैँ।”

विसं २०७४ पछिका स्रेस्ताहरु ‘डिजिटलाइज्ट’ भएकाले स्रेस्ता कायममा समस्या नभए पनि त्योभन्दा अगाडिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का यकिन नहुँदा स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायतका प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको चौधरीले जानकारी दिए । सेवाग्राहीको सहजताका लागि गत हप्ता मात्रै सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको कार्य सुरु गरिएको उनले बताए ।

लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक रुपमा बोझ हुनेहुँदा नागरिक सहायता कक्षमार्फत सेवा लिन आग्रह गर्दै कार्यालय प्रमुख चौधरीले मालपोत विभागको ‘अनलाइन’ प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुने बताए ।