२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

अ+ अ-

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता जिल्ला मोरङ’ घोषणा कार्यक्रममा उनले सो कुरा बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्छ भने ।

शारीरिक परिश्रम नगर्नेले रोगबाट छुटकारा पाउन शारीरिक व्यायाम तथा योग गर्नुपर्ने समय आएको चर्चा गर्दै सामाजिक विकास मन्त्री घिमिरेले रोगको स्रोतका रुपमा रहेको चर्पी र पानीलाई सफा राख्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का प्रदेशसभा सदस्य जयराम यादवले खोपका कारण बाल मृत्युदर घटेकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भने ।

प्रस्तुत प्रतिवेदनमा मोरङमा २० हजार ७५ पाँच वर्षमुनिका बालबालिकामा १९ हजार ४७५ जनालाई पूर्ण खोप लगाइसकेको र यो जिल्ला खोपमा ९५ प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको बताइएको छ । मोरङमा आठ गाउँपालिका, आठ नगरपालिका र एक महानगरपालिकासमेत गरी ३३३ वटा खोप केन्द्र रहेको र सन् २०१६ को स्वास्थ्य सर्वेक्षणमा यस जिल्लामा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप प्रयोग नगरेको जनाइएको थियो ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ आयोजित सो कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा भएको जिल्लाको रूपमा आज ५५औँ स्थान पाउन सफल भएको र प्रदेश नं. १ मा ११ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको खोप अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस