२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

चितवन । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।

सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताए ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताए । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उनले  सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्दछ भने ।

उनले भने, “प्रदेश सरकारले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने छ ।”

नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल, प्रदेश नं. ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा यस आर्थिक वर्षमा एक लाख ५१ हजार जना आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ चितवनले नवलपरासी, पर्सा, बारा, धादिङ जिल्लामा सेवा दिँदै आएको छ । संघको अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ । रासस

प्रतिक्रिया दिनुहोस