२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा अवरुद्ध गोरेटो सञ्चालनको तयारी, सुरक्षा फौज तीन दिनदेखि फिल्डमा

अ+ अ-

मनाङ । गण्डकी प्रदेशकै यातायात सञ्जालसँग हालसम्म नजोडिएको एक मात्र स्थानीय तह नार्पा भूमि गाउँपालिकातर्फ जाने गोरेटो मार्ग सञ्चालनको तयारी गरिएको छ। जाडो मौसमका कारण झरनाको पानी जमेर लामो समयदेखि अवरुद्ध बनेको उक्त मार्ग खुलाउन सुरक्षा फौज तीन दिनदेखि खटिएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले प्रशासनलाई जानकारी दिए।

उनका अनुसार सदरमुकाम चामेबाट नार्पा भूमि पुग्न एक दिन पैदल यात्रा गर्नुपर्ने उक्त दुर्गम खण्डमा जमेको हिउँ तथा बरफ पन्छाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। बेल्चा, गैँची लगायतका आवश्यक औजार प्रयोग गरी मार्ग सहज बनाउने प्रयास भइरहेको र दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यलाई सहज बनाउन तथा स्थानीय सर्वसाधारणको आवतजावत सुचारु गर्न प्रशासनले प्राथमिकता दिएको जनाइएको छ। आवश्यक उपकरणसहित सुरक्षा फौज खटाएर मार्ग खुलाउने कार्य तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए।

मनाङ जिल्लाका चार गाउँपालिकामध्ये तीन पालिकाका ३३ मतदान केन्द्रको अनुगमन सम्पन्न भइसकेको प्रशासनले जनाएको छ। भौगोलिक रूपमा सबैभन्दा कठिन मानिएको नार्पा भूमि गाउँपालिकामा रहेका नार र फू गाउँका छ मतदान केन्द्रमा सहज आवतजावत सुनिश्चित गर्न पूर्वतयारी तीव्र पारिएको जनाइएको छ।

नार्पा भूमि गाउँपालिकामा कुल ४ सय ८८ मतदाता रहेका छन्। पाँच वटै वडामा वडापिच्छे तोकिएका मतदान केन्द्रअन्तर्गत वडा नं. १ को वडा कार्यालय भवन, वडा नं. २ को नार आधारभूत विद्यालय, वडा नं. ३ को साम्डुछिरिङ गुम्बा, वडा नं. ४ को फू आधारभूत विद्यालय तथा वडा नं. ५ को वडा कार्यालय भवनमा मतदान केन्द्र निर्धारण गरिएको छ।