२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरवारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।

शुक्रबार सहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले अझै पनि सोचेजस्तो गरी संसद् भवनको निर्माणले गति लिन नसकेको बताए ।

संसद् चलाउने दिन नजिकिँदै जाँदा नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिनुपर्ने र छिटो सम्पन्न गर्न आफूले पनि पटक पटक निर्देशन दिएको उनले बताए ।

अध्यक्ष दाहालले निर्वाचनपछि प्रतिनिधिसभा बैठक चल्ने दिनसम्म नयाँ संसद् भवनको निर्माण पुरा भई हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।
सबै संरचना पूर्णरुपमा बन्न नसके पनि प्रतिनिधिसभा चलाउन सक्ने गरी भए पनि केही संरचना निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

त्यस्तै सहरी विकास मन्त्री प्रा‍.डा. कुमार इङ्नामले चैत्र १ गते हस्तान्तरण गर्ने गरी नयाँ संसद् भवनको निर्माण कार्य सक्न आफूले निर्देशन दिएको बताए । अहिलेको काम हेर्दा चैत्र १ गते सबै संरचना बन्न नसक्ने अवस्था नदेखिएको भन्दै उनले प्रतिनिधिसभाका लागि मात्रै आवश्यक पूर्वाधार तयार हुने अवस्था रहेको उल्लेख गरे ।

उनले कुनै पनि बहानामा संसद् भवनको निर्माणमा हुने ढिलाइ स्वीकार्य नहुने स्पष्ट रूपमा निर्माण कम्पनीलाई भनेको बताए । निर्माण कम्पनीले चैत्रको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाले आफू विश्वस्त रहेको उनको भनाइ छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ संसद् भवन निर्माणका लागि २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको थियो, तर सो समयमा समेत निर्माण सम्पन्न नभए पनि निर्माण कम्पनीले चैत्र पहिलो साता निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने जनाएको छ ।