२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झण्डा जलाउने घटनामा संलग्नलाई कारवाही गर्न एमाले सम्बद्ध स्वयंसेवी समूहको माग

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)सँग आबद्ध भनिएको स्वयंसेवी संरचना नेशनल भोलेन्टियर्स फोर्सले पार्टीको झण्डा जलाइएको तथा नेतृत्वविरुद्ध लक्षित गतिविधि भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कानुनी प्रक्रिया अघि नबढाइए प्रतिवाद गर्ने चेतावनी दिएको छ।

समूहका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा राजनीतिक प्रतिस्पर्धाका नाममा उक्साहटपूर्ण गतिविधि, द्वेष फैलाउने अभिव्यक्ति र प्रतीकात्मक संरचनामाथि आक्रमणजस्ता क्रियाकलापलाई अस्वीकार्य व्यवहारका रूपमा उल्लेख गरिएको छ। यस्ता कार्यलाई उनले सामाजिक सद्भाव र राजनीतिक मर्यादाविपरीत भएको दाबी गरेका छन्।

वक्तव्यमा सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूमाथि राज्यका निकायले आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि नबढाए उक्त समूह स्वयं प्रतिकारात्मक कदम चाल्न बाध्य हुने संकेत गरिएको छ। प्रशासनिक संयन्त्रले कानूनको कार्यान्वयनमा प्रभावकारिता देखाउनुपर्ने माग पनि राखिएको छ।

यस प्रसंगमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबाट एमाले नेतृत्वमाथि अनावश्यक आरोप लगाइएको दाबी पनि सो समूहले गरेको छ।