२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौँ । निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

“तोकिएको मितिमा निर्वाचन सफल पार्नका लागि सञ्चारमाध्यमको भूमिका आवश्यक छ”, प्रजिअ कोइरालाले भन्नुभयो, “निर्वाचनमा आचारसंहिता उल्लंघन भए कडा कारबाही हुन्छ ।” 

सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गर्दै प्रजिअ कोइरालाले त्यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । “लिखित उजुरीबाहेक हामीले सामाजिक सञ्जालमा आएका कुरालाई निगरानी गरिरहेका छौँ” उनले भने, “निर्वाचन अवधिमा सत्य, तथ्य र सन्तुलन समाचार सम्प्रेषण गर्न आग्रह गर्दछु ।” 

आचारसंहिता अनुगमन अधिकृत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कृष्णबहादुर धामीले दलहरूले गरिरहेका प्रचारप्रसारको अनुगमन भइरहेको बताए । 

“यहाँका ४० उम्मेदवारले खाता सञ्चालन गरिसकेका छन्, केहीको बाँकी छ”, उनले भने, “दलहरूले गरिरहेका प्रचारप्रसारका कार्यक्रमको हामीले अनुगमन गरिरहेका छौँ ।” उनले आचारसंहिता उल्लंघनका लिखित उजुरी नआए पनि अनुगमन अधिकृतले निगरानी गरिरहेको बताए।