बसले किच्दा एक पैदल यात्रुको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बसले किच्दा एक पैदल यात्रुको मृत्यु


२६ असार २०७५, मंगलबार


दाङ । ना ५ख ५७६८ नं.को बसले किच्दा तुलसीपुरमा आज एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं. ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे ।

उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ । रासस

प्रतिक्रिया दिनुहोस