२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा विकास र वातावरण संरक्षणबीच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबीच समन्वय बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज समन्वय बैठक सम्पन्न भएको छ ।

बैठक वन मन्त्री माधवप्रसाद चौलागाईँ र ऊर्जा मन्त्री अनिलकुमार सिन्हासहितको दुवै मन्त्रालयका सचिव, विभाग तथा महाशाखा प्रमुखलगायत उच्च अधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो । बैठकमा ऊर्जा तथा जलविद्युत् आयोजनासँग सम्बन्धित वन क्षेत्रभित्रको जग्गा भोगाधिकार, स्वीकृति प्रक्रिया तथा प्रक्रियागत जटिलताका कारण रोकिएका विषयमा विस्तृत छलफल भएको थियो । 

विशेषगरी वन क्षेत्र प्रयोग अनुमति, वातावरणीय स्वीकृति तथा विभिन्न निकायबीचको समन्वय अभावका कारण ढिलाइ भएका परियोजनालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको हो । बैठकमा नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागका प्रतिनिधिहरूको समेत सहभागिता थियो । सहभागीहरूले आयोजना कार्यान्वयनका क्रममा देखिएका कानुनी, प्रशासनिक तथा प्राविधिक अवरोधहरूबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा वातावरण संरक्षण र ऊर्जा विकासबीच आवश्यक सन्तुलन कायम गर्दै जलविद्युत् तथा ऊर्जा आयोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउन आपसी समन्वय सुदृढ गर्ने सहमति भएको छ ।

 वातावरणमैत्री विकासलाई प्राथमिकता दिँदै सम्बन्धित प्रक्रियालाई छरितो र प्रभावकारी बनाउने बैठकले निष्कर्ष निकालेको छ । दुवै मन्त्रालयले आगामी दिनमा नियमित समन्वय संयन्त्रमार्फत अड्किएका आयोजनाको समस्या समाधान गर्दै दिगो ऊर्जा विकास, वातावरण संरक्षण तथा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।