२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन परिणामले विकासको दिशा निर्धारण गर्छ’ : ओली

अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनलाई मुलुकको भविष्य निर्माण गर्ने र अवरोध सिर्जना गर्ने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परिणामले विकासको दिशा निर्धारण गर्ने बताएका हुन् ।

दमकमा धिमाल समुदायका प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले निर्वाचन केवल जनप्रतिनिधि चयनको प्रक्रिया मात्र नभई समुदायको विकासका लागि विनियोजित स्रोत संरक्षण गर्ने र कटौती गर्ने प्रवृत्तिबीचको छनोट भएको उल्लेख गरे । आफू नेतृत्वको सरकारले धिमाल समुदायका लागि संग्रहालय, होमस्टे र सडक पूर्वाधारमा विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेको आरोप उनले लगाए ।

सत्ता गठबन्धनप्रति आलोचना गर्दै अध्यक्ष ओलीले विकासोन्मुख कार्यक्रम अवरुद्ध गरिएको दाबी गरे । धिमाल समुदायलाई ऐतिहासिक रूपमा महत्त्वपूर्ण समुदायका रूपमा उल्लेख गर्दै उनीहरूको पहिचान संरक्षण आवश्यक रहेको धारणा उनले व्यक्त गरे ।

आफ्नो लामो राजनीतिक संलग्नता स्मरण गर्दै उनले वि.सं. २०५१ मा गृहमन्त्री रहँदा धिमाल जातीय विकास केन्द्रमार्फत संग्रहालय र उद्योग सञ्चालनका लागि १० बिगाहा जमिन भोगाधिकार उपलब्ध गराइएको जानकारी दिए । समुदायबाट शिक्षित युवाको नेतृत्व उदाउँदै गएकोप्रति सन्तोष व्यक्त गर्दै उनले राज्यका विभिन्न निकायमा उचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले पहल गर्ने बताए ।

शिक्षा, स्वास्थ्य सेवा विस्तार तथा मौलिक पहिचान संरक्षणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले मतदातालाई तथ्यपरक निर्णय गर्न आग्रह गरेका छन् ।