२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौँ ल्याइयो, अनुसन्धान सुरु

अ+ अ-

काठमाडौँ । विदेशमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौँबीचको समन्वयमा उनलाई बुधबार बिहान काठमाडौँ ल्याइएको हो।

पक्राउ परेका व्यक्तिलाई स्वदेश फिर्ता ल्याउन परिसरको प्रहरी टोली फिलिपिन्स गएको थियो।

हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पाठकमाथि विद्युतीय कारोबार ऐन तथा आपराधिक लाभसम्बन्धी कसुरमा छानबिन भइरहेको छ।

प्रहरीका अनुसार उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित करिब एक दर्जन उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप छ।

काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका-१ घर भएका ३३ वर्षीय पाठकलाई फिलिपिन्सको मालोलोस सहरबाट नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।