२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

अ+ अ-

काठमाडौँ । उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख गणेशप्रसाद अर्याललाई अदालतको अवहेलनामा एक महिना कैद तथा पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको छ।

कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले अदालतको आदेश कार्यान्वयन नगरेको ठहर गर्दै उक्त सजाय तोकेको हो।

आदेशमा अदालतले भनेको छ, “अदालतको आदेशलाई अनदेखा गरी अवहेलना गरेको देखिएको छ। निज कार्यालय प्रमुखले अदालतको आदेशको पालना नगरेको यस अदालतमा पर्न आएका यस्तै प्रकृतिका अन्य निवेदनहरूमा समेत यसअघि अवहेलनामा कारबाही हुने ठहर गर्दै फैसला भइसकेको छ।”

त्यसैगरी आदेशमा न्याय प्रशासन ऐन, २०६३ को दफा १७ को उपदफा ९४० बमोजिम विपक्षीलाई एक महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको उल्लेख छ।

मालपोत प्रमुख अर्यालविरुद्ध धनुषा निवासी रामरती देवीले आफ्नो जग्गा दर्ताका लागि दिएको निवेदन छ वर्षसम्म कुनै निर्णय नगरेपछि उच्च अदालत जनकपुरमा परमादेश माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। अदालतले सो रिटमाथि सुनुवाइ गर्दै एक महिनाभित्र जग्गा दर्ता गर्न परमादेश जारी गरेको थियो।

तर, करिब डेढ वर्षसम्म पनि अदालतको आदेश कार्यान्वयन नभएपछि पीडित पक्षले अदालतको अवहेलनासम्बन्धी छुट्टै मुद्दा दायर गरेका थिए। सोही मुद्दाको सुनुवाइपछि अदालतले मालपोत कार्यालय प्रमुख अर्याललाई कैद तथा जरिवानाको सजाय तोकेको हो।

यसअघि पनि सोही कार्यालयका प्रमुखलाई सम्बन्धित अर्को निवेदनमा अदालतले पाँच सय रुपैयाँ जरिवाना गरिसकेको आदेशमा उल्लेख छ।

अदालतको आदेशमा पूर्व आदेश कार्यान्वयन गरी उचित कारणसहित अदालतलाई चित्तबुझ्दो हुने गरी निवेदन पेस गरेमा सजाय माफी गर्न सकिने प्रावधानसमेत उल्लेख गरिएको छ। साथै, फौजदारी न्याय प्रणालीमा पटक–पटक एउटै प्रकृतिको गल्ती दोहोर्‍याउँदै गएमा सजाय बढ्दै जाने कानुनी व्यवस्था रहेको अदालतले स्मरण गराएको छ।