काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायव सुब्बा परमानन्द साहसमेत ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।









