२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोमानियामा मार्च ११ देखि नेपाली नागरिकका लागि राहदानी घुम्ती सेवा सञ्चालन हुँदै 

अ+ अ-

काठमाडौँ । रोमानियाको राजधानी बुखारेस्टमा बसोबास गर्ने नेपाली नागरिकका लागि राहदानी नवीकरणसम्बन्धी घुम्ती सेवा सञ्चालन गरिने भएको छ। जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनको कार्यक्षेत्रअन्तर्गत पर्ने रोमानियामा उक्त सेवा सञ्चालन हुन लागेको हो।

राजदूतावास, राहदानी विभाग काठमाडौँ तथा रोमानियामा क्रियाशील नेपाली समुदायका संस्थाहरूको सहकार्यमा आयोजना हुने उक्त शिविर आगामी सन् २०२६ मार्च ११ देखि १५ तारिखसम्म सञ्चालन हुने जनाइएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार शिविर बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा आयोजना गरिनेछ।

रोमानियाका प्रमुख नेपाली संघ-संस्था र सामाजिक अभियन्ताहरूको सहभागितामा गठन गरिएको राहदानी नवीकरण तथा वितरण समन्वय समितिको सिफारिसअनुसार सेवा स्थल तोकिएको सूचनामा उल्लेख छ। आवश्यक जानकारी तथा सहजीकरणका लागि दूतावासले सम्बन्धित व्यक्तिहरूको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ।

दूतावासका अनुसार सन् २०२७ मार्च ११ भन्दा अघि राहदानीको म्याद सकिन लागेका रोमानिया, बुल्गेरिया र हंगेरीमा बसोबास गर्ने नेपाली नागरिकले उक्त शिविरमार्फत राहदानी नवीकरण गर्न सक्नेछन्। अनलाइन आवेदनका लागि फेब्रुअरी ७, ८, १४, १५ तथा २१ र २२ तारिखका मितिहरू रोमानियाको घुम्ती सेवाका लागि मात्र खुला गरिने जानकारी दिइएको छ।

राहदानी दस्तुर बापतको सम्पूर्ण रकम आवेदक स्वयंको नामबाट तोकिएको म्यादभित्र, अर्थात् फेब्रुअरी २५, २०२६ सम्म दूतावासको बैंक खातामा जम्मा भइसकेको हुनुपर्ने सूचनामा जनाइएको छ। बैंक ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्क सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने छ।

दूतावासले राहदानी आवेदनका लागि आवश्यक कागजातहरूको विस्तृत सूची पनि सार्वजनिक गरेको छ। साथै, राहदानी प्रक्रियामा सहयोग गर्ने बहानामा कुनै प्रकारको अनुचित लाभ लिएको पाइएमा नेपाल सरकार र रोमानियाको सम्बन्धित निकायमा जानकारी गराई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।