२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आज सम्पन्न बैठकमा सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा अध्यादेश सभासमक्ष दर्ता गराएका हुन्।

मन्त्री अर्यालले मतदाता नामावली ऐन संशोधनसम्बन्धी अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको पहिलो संशोधन अध्यादेश तथा नेपाल विशेष सेवा ऐनको दोस्रो संशोधन अध्यादेश प्रस्तुत गरेका हुन्।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन सभामा पेश गरिन्। साथै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदन प्रस्तुत गरिन्।

यसै अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी जानकारी सभामा वाचन गरेर सुनाएका थिए।

बैठकले पूर्वमन्त्रीहरु षिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

राष्ट्रिय सभाको आगामी बैठक यही माघ १३ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय गरिएको छ।