२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेको दाबी : ‘संघीयता होइन, यसका विकृति पखाल्न चाहन्छौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संघीयताका विकृतिलाई पखालेरै छाड्ने बताएका छन्। 

जनकपुरमा आयोजित पार्टीको उद्घोष सभालाई सम्बोधन गर्दै उनले संविधानकै धारामा टेकेर संघीयताका विकृति पखाल्ने बताएका हुन्। 

महोत्तरीको जलेश्वरमा आएर अर्थनीति लेखेको बताउँदै उनले भने, ‘अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ। ७ प्रदेश चलाउँदैनौँ तर संघीयताका विकृतिलाई चाहिँ पखाल्छौँ। संविधानकै धारामा टेकेर।’ 

उनले नेपालमा अपरिपक्व संसदीय अभ्यास गरिएको बताए। ‘८८४ सांसदमध्ये ५५० जति प्रदेश सांसद छन्’, उनले थपे, ‘यसलाई सुधार्छौँ। सुशासनको जगमा सिंहदरबारकै नक्कल गरेर थोपरिएका प्रणाली सुधार्छौँ।’

प्रदेश संसद् र सरकारले सिंहदरबार र बानेश्वरकै नक्कल गरेको उनको भनाइ थियो। 

‘काण्डैकाण्डले भरिएको, मन्त्री फेरिइरहने यो प्रणाली सुधार्छौँ’, उनले थपे। उन्नत समावेशिताले बाँधेर देशको अनुहारजस्तो पार्टीको अनुहार हुनुपर्छ भनेर बोल्दै आएको पनि उनले बताए। 

‘बालेन अबको प्रधानमन्त्री, विकृत आर्थिक मोडल बदल्छौँ’ डा. वाग्लेले अबको प्रधानमन्त्री बालेन शाह हुने ठोकुवा गरे। 

‘यो देशको आगामी प्रधानमन्त्री बालेन्द्र शाह। उहाँ मधेशको छोरा र काठमाडौँ महानगरले रोजेको नेता पनि हो’, उनले भने, ‘सबैले भरोसा गर्न लायक सिंगो नेपालको निर्वाचित प्रधानमन्त्री बनाउँछौँ। महानगरमा गरेको काम देशभरि विस्तार गर्नु छ।’

बालेनको नेतृत्वमा बन्ने सरकारले हाल भइरहेको ‘धनीको लुटेर गरिबलाई बाँड्ने फोस्रो राष्ट्रवाद’लाई अन्त्य गर्दै २१औँ शताब्दीको भिजन दिएर अघि बढ्ने उनको भनाइ थियो। वाग्लेले मधेश समृद्धिको खाकाको केन्द्र विन्दुमा आउनुपर्ने बताए। 

‘साँघुरिएको विकृत आर्थिक मोडल बदल्न चिन्तित छौँ’, उनले भने, ‘राष्ट्रिय समृद्धिको केन्द्र विन्दुमा समृद्धिको इन्जिनका रूपमा मधेशलाई राखेका छौँ।’