काठमाडौँ । बढुवा समितिको सचिवालयले दश जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ७ जना, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना र नेपाल विविध सेवा, निर्देशक (कम्प्युटर) (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूचना :








