२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

अ+ अ-

काठमाडौँ। दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह-२०८२ सुरु गरेको छ ।

आज शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्ने गरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताए ।

‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ एसएसपी अधिकारीले भने ।

शुक्रबारबाट रक्तदान गरेर सुरु गरिने यो अभियानमा विविध कार्यक्रमहरू समेटिएका छन् । ट्राफिक सम्बन्धी जनचेतना मूलक सन्देश दूरसञ्चार सेवा प्रदायक कम्पनीमार्फत रिङटोनको रूपमा बजाउने, काठमाडौँ उपत्यकामा ट्राफिक सम्बन्धी बोर्डहरू राख्ने, दुर्घटना सम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने लगायतका कार्यक्रम गरिने एसपी तथा प्रवक्ता नरेश राज सुवेदीले पत्रकार सम्मेलनमा बताए ।

रात्रि कालिन लामो तथा मध्यम दुरीका सवारीहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्ने, राइड सेयर एप चालकहरूलाई दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीक्यामेरा राख्न आवश्यक समन्वय समेत गरिने बताइएको छ ।