२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा उम्मेदवार छनोटमा नेता केसीले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।

उनले बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरीत उम्मेदवार छनोट गरिएको बताएका हुन् ।

पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ । यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी उनले गरेका छन् ।

‘राष्ट्रिय सभाको प्रतिनिधि छान्ने सर्न्दभमा जुन खालको छलफल गर्‍यौँ, त्यसमा अहिलेसम्म दु:खद् कुरा मैले भन्नै पर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नुभयो । त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुख पक्ष हो । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी जुन पार्टीले पद्धति मात्रै बसालेको होइन, प्रक्रियाको पनि सबैभन्दा महत्त्वपूर्ण अंग हो लोकतन्त्रको । त्यो प्रक्रियागत रूपमा कहीँ छलफल नगरी अहिले जुन ९ जनाको नाम ल्याइएको छ । इतर र भितरको ६० र ४० को भागबण्डामा नै यो नाम आएको छ,’ उनले भने ।

राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताएका छन् । ६०-४० को भागबण्डाका आधारमा उम्मेदवार छनोट गरिएको पनि आरोप लगाए ।

‘यो ९ जनाको मान्छेहरूको नाममा एउटा पनि जनजाति पर्न सक्या छैन भने साह्रै दुस्ख पाएका, संघर्ष गरेका राजनीतिज्ञ अथवा नेपाली काँग्रेसलाई, लोकतन्त्रलाई सहयोग गरेका कलाकार, साहित्यिक क्षेत्रका धेरै मान्छेलाई प्रतिनिधित्व गराउनुपर्ने थियो,’ केसीले भने, ‘सबभन्दा पहिला त आदिवासी जनजातिको प्रतिनिधित्व नै छैन । व्यक्तिको नाममा म टिप्पणी गर्न चाहन्नँ तर जुन प्रक्रियाबाट जसरी ल्याइएर टुंग्याईयो यो चाही लोकतन्त्रको निम्ति लज्जास्पद भन्ठान्छु मैले । लोकतान्त्रिक पार्टी भएर ४ दिनसम्म बैठक गरेर व्यक्तिगत औचित्य, उपयोगिता, क्षमता, उसको योगदान कुनैको छलफल नभईकन टक्क लिष्ट आएर जो प्रस्तुत गरियो त्यसमा मैले असहमति जनाए ।’