२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चारजना मरिच तस्कर थुनामा

अ+ अ-

वीरगञ्ज । राजश्व अनुसन्धान विभाग काठमाडौंले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौं लगिएको छ ।

गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दिलीप श्रीवास्तवलाई पक्राउ गरी थुनामा राखेको हो । उत्तम अग्रवाललाई पर्सा प्रहरीमार्पmत सोधपुछका लागि काठमाडौं पठाइएको छ ।

मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटी रकम तीन करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको राजश्व अनुसन्धान विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले जानकारी दिए । उनलाई हाल नख्खु जेलमा राखिएको छ ।

राजश्व विभागले थालेको प्रारम्भिक अनुसन्धानका क्रममा अग्रवाल दोषी पाइएको थियो । एक वर्षदेखि वीरगञ्जसहित आसपासका नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महंगोमा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमा भारत पठाउन लागिएको १२ टन २०० किलो मरिच प्रहीले बरामद गरेको थियो ।

निर्देशक पोखरेलसहितको टोलीले वीरगञ्जको दुईवटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र जफत गरेको थियो । तेस्रो मुलुकबाट मरिच ल्याई व्यापार गर्ने ठूलो समुह वीरगञ्जमा सक्रिय रहेको प्रहरीले जनाएको छ । रासस