२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

अ+ अ-

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् ।

ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागु औषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको जानकारी दिँदै त्यसमा साथ दिन सबैसँग आग्रह गरे ।

राजनीतिक उपलब्धी हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेकोमा गृहमन्त्री थापाले जोड दिए ।

उनले भने, ‘लागु औषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै सकिँदैन । यो आन्दोलनमा सम्पुर्ण जनताको साथ आवश्यक छ । निकट भविष्यमै वडास्तरबाटै यस्तो आन्दोनको सुरुवात गर्दैछौँ ।’

यस्तो आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री थापाले भने, ‘यो आन्दोलनमा जनसहभागिता अनिवार्य छ । युवाहरुलाई यो लडाँई , यो आन्दोलनकोे मुल कमाण्डरको रुपमा जिम्मेवारी दिएर मात्रै लक्ष्यमा पुग्न सकिन्छ ।’

लागु औषध कारोबारीहरु लाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न सुधार आवश्यक रहेको उनको भनाई छ ।

गृहले लागु औषध निषेधलाई गम्भिरताका साथ लिँदै मुलभूत कार्यभारको रुपमा लिएको जानकारी दिए ।

उनले भने, ‘लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण होईन पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ ।’ सरकारले विकासका लागि पाँच र दश वर्षको योजना बनाएजस्तै गृहमन्त्रालयले लागुऔषलधलाई पूर्णरुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको उनले खुलासा गरे ।

उनले भने, ‘लागुऔषधका निषेध सरल छैन तर सम्भव छ । विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव छैन , यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्छ ।’