२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदा पुनःनिर्माणसहित पूर्वाधार विकासमा कामपाको प्राथमिकता

अ+ अ-

काठमाडौं । ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका बेला कामपाले ती सम्पदाको पुनःनिर्माणसहित आर्थिक वर्ष २०७५/७६ का लागि बजेट विनियोजन गर्ने क्रममा बसैभन्दा बढी पूर्वाधार विकासका लागि तीन अर्ब छ करोड २५ लाख बजेट विनियोजन गरेको हो ।

यसअघि नै रानीपोखरीको पुनःनिर्माणको काम शुरु भए पनि आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै विरोध आएपछि अहिले उक्त आधुनिक सामग्री हटाउने काम भइरहेको छ भने काष्ठमण्डपको पुनःनिर्माणका लागि क्षमा पूजा एक महिनाअघि नै सकिसकेको र अहिले निर्माणका सामग्री जुटाउने काम भइरहेको र अबको करीब दुई महिनामा निर्माण कार्य शुरु हुनेछ ।

कामपाका उपप्रमुख हरि प्रभा खड्की (श्रेष्ठ) ले कामपाको पूर्वाधार विकास नै सम्पूर्ण विकास प्रक्रियाको मुख्य बिन्दु भएकाले यस क्षेत्रमा अन्य क्षेत्रमा भन्दा धेरै बजेट विनियोजन गरिएको बताए ।

पूर्वाधार विकासअन्तर्गत सम्पदा, सुविधासम्पन्न सडक व्यवस्थापन, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण र व्यवस्थित यातायातको सञ्चालन महानगरवासीको चाहनाअनुरुप यस क्षेत्रमा बढी बजेट विनियोजन गरिएको छ ।

यसैगरी दरबार हाइस्कुल पुनःनिर्माण, आधुनिक आकाशे पुल निर्माणका लागि पनि प्राथमिकता दिएको छ । कामपाले सबै क्षेत्रमा गरी कूल १३ अर्ब दुई करोड १२ लाख ३७ हजार आय व्यय प्रस्ताव प्रस्तुत गरेको छ ।

महानगरले आन्तरिकतर्फ चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट एक अर्ब चार करोड ११ लाख आय अनुमान गरेको छ ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि एक अर्ब ९३ करोड २५ लाख, शहरी विकासतर्फ सात करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ ५४ करोड ४६ लाख छुट्याइएको छ ।

वातावरण र विपद् व्यवस्थापनमा जल उत्पन्न प्रकोप नियन्त्रण, जलवायु परिवर्तन, जलाधार क्षेत्रको संरक्षण, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल साइट व्यवस्थापन, वन तथा भू–संरक्षण, वातावरण संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद्सम्बन्धी कार्यलाई महानगरले अगाडि बढाउने उल्लेख गरेको छ । रासस